एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेज प्रिमियर लिगको फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बनेका छन् ।
प्रिमियर लिगले सोमबार फर्नान्डेजलाई 'प्लेयर अफ दि मन्थ' घोषित गरेको हो ।
फेब्रुअरी महिनाको उत्कृष्ट खेलाडी बन्दै फर्नान्डेजले 'प्लेयर अफ दि मन्थ' अवार्ड जितेका हुन् ।
यस अघि फर्नान्डेजले फेब्रुअरीको म्यानचेस्टर युनाइटेड प्लेयर अफ दि मन्थ र पीएफए प्लेयर अफ दि मन्थ अवार्ड पनि जितेका थिए ।