माउन्ट एभेरष्ट ओपन तेक्वान्दो स्थगित
बिहिबार, २९ फाल्गुण २०७६खेलपाटी संवाददाता

काठमाडौं । तेस्रो संकरणको माउन्ट एभेरष्ट ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप स्थगित भएको छ ।
नेपाल तेक्वान्दो संघले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता स्थगित गरिएको जनाएको छ ।
संघले आयोजना गर्ने प्रतियोगिता चैत १९ देखि २३ गतेसम्म हुने बताईएको छ । तर, विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण प्रतियोगिता स्थगित गरिएको संघले जनाएको छ ।
संघले परिस्थितिको अनुकुलतालाई हेरेर नयाँ मिति सार्वजनिक गरिने जनाएको छ ।
विश्व तेक्वान्दो संघले सम्पूर्ण सदस्य राष्ट्रलाई प्रतियोगिता आयोजना नगर्न निर्देशन दिएको र ओलम्पिकका लागि छनोट खेलहरु समेत स्थगित भएको संघले जनाएको छ ।









%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)




