काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को महिला टी-ट्वान्टी ब्याटिङ वरीयतामा नेपालकी उपकप्तान सिता राना मगर यथावत रहन सफल भएकी छिन् ।
आईसीसीले सोमाबर सार्वजनिक गरेको नयाँ वरीयतामा सिताको ब्याटिङ वरीयता यथावत रहेको हो ।
आईसीसी महिला विश्वकप सकिएलगत्तै सार्वजनिक गरिएको वरीयतामा सिता ८८ औं स्थानमा रहेकी छिन् । सिताले अघिल्लो पटक दुई स्थान सुधार गरेकी थिइन् ।
ब्याटिङतर्फ अष्ट्रेलियालाई विश्वकप दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी बेथ मोनी रहेकी छिन् ।

अलराउण्डरतर्फ भने सिताको वरीयता खस्किएको छ । अलराउण्डरमा सिता एक स्थान झ्दै ६४ औं स्थानमा रहेकी छिन् ।
यस्तै नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी नेरी थापाको बलिङ वरीयता पनि यथावत रहेकोछ । नेरी ९५ औं स्थानमा रहेकी छिन् ।
आईसीसीले सार्वजनिक गरेको महिला टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । नयाँ वरीयतामा नेपाल १४ औं स्थानमा रहेको छ ।
नेपालले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन ।
टी-ट्वान्टीमा अष्ट्रेलिया शीर्ष, इंग्ल्यान्ड दोस्रो र न्युजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेको छ ।