हात मिलाउन छाडियो, गरियो नमस्ते !

काठमाडौं । चीनबाट सुरु भएको कोरोना भाइरसको आतंक विश्वमा फैलिएको छ । जसले खेलकुद क्षेत्रलाई समेत असर गरेको छ ।
नेपालमा समेत कोरोनाको प्रभाव परेको छ । नेपालमा कोरोना संक्रमित भेटिएको छैन तर धेरै खेलकुद प्रतियोगिता स्थगित गरिएको छ ।
नेपालमा आउने प्रतियोगिता स्थगित भएपनि चलिरहेको प्रतियोगिता भने रोकिएको छ । जसमा अखिल नेपाल फुटबल संघको आयोजनामा चलिरहेको सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल पर्छ ।
अन्य प्रतियोगिता रोकिएपनि 'बी' लिग रोकिएको छैन । तर, कोरोनाको त्रास भने 'बी' लिगमा समेत परेको छ ।
कोरोना संक्रमणलाई रोक्न 'बी' लिगमा खेल अघि दुवै टिमका खेलाडी र म्याच असिफियलबीच हात मिलाउन छाडिएको छ । हात मिलाउनको सट्टा नमस्ते गर्न थालिएको छ ।
एन्फा कम्प्लेक्समा आइतबार मध्यपुर युथ एसोसियसन र ब्वाईज युनियन क्लबबीचको खेलमा समेत दुवै टिमका खेलाडी र अफिसियलले हात मिलाएनन । उनीहरुले हात मिलाउनको साटो नमस्ते गरेका थिए ।
विश्वभरको खेलमा अहिले हात मिलाउनको सट्टा नमस्ते गर्ने चलन समेत सुरु भएको छ ।
तस्बिर - एन्फा