मध्यपुरलाई पहिलो अंक
२०२० मार्च ८, आइतबारखेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसन र ब्वाईज युनियन क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा मध्यपुर र ब्वाईजले गोलरहित बराबरी खेलेका हुन् ।
दुवै टोलीले पाएको अवसरमा गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।
बराबरीसँगै मध्यपुरले लिगमा पहिलो अंक जोडेको छ । मध्यपुर अघिल्लो तीन खेलमा पराजित भएको थियो ।
लिगको पुछारको मध्यपुरको ४ खेलमा १ अंक रहेको छ ।
ब्वाईजको यो पहिलो बराबरी हो । बराबरीसँगै ब्वाईज ४ खेलमा ७ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।