मेस्सीको नयाँ कीर्तिमान !
२०२० मार्च ८, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले युरोपियन लिगमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन् ।
अर्जेन्टिनाका कप्तान समेत रहेका मेस्सीले शनिबार राति रियल सोसीडाडविरुद्ध गोल गर्दै युरोपका शीर्ष पाँच लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
ला लिगा अन्तर्गत मेस्सीले सोसीडाडविरुद्ध पेनाल्टीमा निर्णायक गोल गरेका थिए । उक्त गोलसँगै मेस्सीले क्लब फुटबलमा ४ सय ३८ औं गोल पुरा गरे । मेस्सीले ४ सय ७४ ला लिगा खेलमा उक्त गोल पुरा गरेका हुन् ।
मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै कीर्तिमान बनाएका हुन् । रोनाल्डोलाई मेस्सीले एक गोलले पछि पारेका हुन् ।
रोनाल्डोले ५ सय ४० खेलमा २ सय ३७ गोल गरेका छन् । रोनाल्डोले भने म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्ट्सबाट उक्त गोल गरेका हुन् ।