एजेन्सी । वेल्सका मिडफिल्डर जोए एलेनले युरोकप फुटबल गुमाउने भएका छन् ।
खुट्टाको चोट बोकेपछि मिडफिल्डर एलेनले युरोकप गुमाउने भएका हुन् ।
स्टोक सिटीका मिडफिल्डर एलेनले च्याम्पियनसिप अन्तर्गत हल सिटीविरुद्धको खेलमा चोट बोकेका थिए ।
स्टोकले ५-१ को जित निकाल्दा एलेनले हल सिटीका डान बाट्टीको ट्याकलमा चोट बोकेका थिए । उनलाई स्ट्रेचरमा राखेर बाहिर लागिएको थियो ।

उनको चोटको शल्यक्रिया यसै साता गरिनेछ । उनले यस सिजन आराम गर्नु पर्ने हुन्छ ।
२९ वर्षे मिडफिल्डर एलेनले सन् २०१६ को युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।