एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज आइतबार दुई ठुला क्लब म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।
बहुचर्चित म्यानचेस्टर डर्बी भिडन्त ओल्ड ट्राफोर्डमा हुनेछ । डर्बी भिडन्त राति १०:१५ बजे सुरु हुनेछ ।
डर्बी भिडन्तमा दुवै टिमको लक्ष्य जित निकाल्नु हुनेछ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
सिटी घरेलु टोलीलाई पराजित गर्दै शीर्ष स्थानको लिभरपुलसँगको अंक दुरी केहि कम गर्न चाहन्छ । दोस्रो स्थानको सिटीको २७ खेलमा ५७ अंक रहेको छ । सिटी लिभरपुल भन्दा २५ अंकले पछि रहेको छ ।
यता, युनाइटेड सिटीलाई घरेलु मैदानमा हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । सातौं स्थानको युनाइटेडको ४२ अंक रहेको छ ।
अर्को खेलमा चेल्सीले घरेलु मैदानमा एभर्टनको सामना गर्नेछ । खेल ७:४५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा चेल्सी एभर्टनलाई हराएर तेस्रो स्थानको लेष्टर सिटीसँगको अंक दुरी कम गर्न चाहन्छ ।
चेल्सी लिगको चौंथो स्थानमा रहेको छ । चेल्सीले २८ खेलमा ४५ अंक जोडेको छ ।
एभर्टन पनि चेल्सीलाई हराएर शीर्ष १० मा उक्लन चाहन्छ । ३७ अंक जोडेर एभर्टन १२ औं स्थानमा रहेको छ ।