काठमाडौं । पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकपको दोस्रो क्वाटरफाइनल खेल आज (आइतबार) हुँदैछ ।
पोखरा रंगशालामा हुने दोस्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र झापा-११ बीच प्रतिस्पर्धा हुनेछ । मनाङ र झापाबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।
आहा ! रारा गोल्डकपको यो २ सय खेल समेत हो ।
दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टिम सेमिफाइनलमा पुग्ने दोस्रो टिम बन्न चाहन्छ ।
विजेताले सेमिफाइनलमा त्रिभुवन आर्मी र संकटा क्लबबीचको विजेतासँग खेल्नेछ ।
मनाङ बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यस्तै झापाले विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
यस अघि आयोजक सहारा क्लबलाई नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।