एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपरले वर्नलीसंग बराबरी खेल्दै अंक बाँडेको छ ।
शनिबार राति भएको खेलमा वर्नलीले टोटेनहमसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
क्रिस उडले १३ औं मिनेटमा गोल गर्दै वर्नलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
डेली अलीले १९ औं मिनेटमा टोटेनहमका लागि बराबरी गोल गरेका थिए । उनले पेनाल्टीमा गोल गरेका थिए ।
अलीले प्रिमियर लिगमा ५० औं गोल पुरा गरेका छन् । जोसे माउरिन्हो पछिल्ला पाँच खेलमा जित विहिन छन् ।
बराबरीसंगै शीर्ष चार भित्र अटाउने टोटेनहमको लक्ष्यमा धक्का लागेको छ । टोटेनहम ४१ अंक सहित तालिकाको आठौं स्थानमा छ । वर्नली ३९ अंक सहित तालिकाको १० औं स्थानमा छ ।