एजेन्सी । ईङ्ल्याण्डका विङ्गर जाडोन साञ्चोले क्लब कीर्तिमान बराबरी गर्दै १५ औं गोलको अवसर सिर्जना गरेको खेलमा बोरुसिया डर्टमण्डले बुन्डेशलिगामा बोरुसिया मोन्चेनग्लाडवाचलाई हराएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डले मोन्चेनग्लाडवाचलाई २–१ गोल अन्तरले हराएको हो ।
१९ बर्षका साञ्चोको पासमा अचरफ हाकिमीले गोल गर्दै डर्टमण्डलाई जित दिलाएका थिए ।
साञ्चोले हेनरिक मेखिटरियनले सन् २०१५–१६ को सिजनमा बनाएको १५ गोलको अवसरको कीर्तिमानलाई बराबरी गरेका छन् ।
थ्रोगन हजार्डले आठौं मिनेटमा गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । ५० औं मिनेटमा लार्स स्टिन्डलले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।
जितसंगै डर्टमण्ड ५१ अंक सहित बुन्डेशलिगाको दोस्रो स्थानमा उक्लिएको छ । मोन्चेनग्लाडवाच ४६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ ।