एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले वेष्ट ह्याम युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन एलेक्जेन्डर लाकाजेटले निर्णायक गोल गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै आर्सनलले २८ खेलबाट ४० अंक जोडेको छ । आर्सनल लिगको नवौं स्थानमा रहेको छ ।
वेष्ट ह्याम २७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।

अर्को खेलमा क्रिस्टल प्यालेसले वाट्फोर्डलाई १-० ले पराजित गर्दा न्युकासलले साउथह्याम्पटनलाई पनि १-० ले नै हराएको छ ।
यस्तै सेफिल्ड युनाइटेडले नर्विच सिटीलाई १-० ले पराजित गर्दा वुल्भ्स र ब्राइटनले गोलरहित बराबरी खेलेका छन् ।