काठमाडौं । आयोजक सहारा क्लब पोखरालाई हराउँदै विभागीय टिम पुलिस आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
शनिबार पोखरा रंगशालामा भएको खेलमा पुलिसले सहारालाई टाईब्रेकरमा ४–२ ले निराश पार्यो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय थपिएको थियो । तर अतिरिक्त समयमा समेत दुवै टोलीबाट गोल हुन नसकेपछि निर्णय टाईब्रेकरमा गरिएको हो ।
घरेलु टोलीले दुई पेनाल्टी खेर फालेपछि पुलिसले खेल आफ्नो पक्षमा पारेको हो ।
अतिरिक्त समयमा पुलिसका कप्तान भोला सिलवाल रातो कार्ड खादै मैदान बाहिरिएपछि विभागीय टिम १० खेलाडीमा सिमित बनेको थियो ।
त्यसअघि, खेलको ७५ औं मिनेटमा भरत साहको गोलमार्फत पुलिसले खेलमा अग्रता लिएको थियो ।
घरेलु टाेलीका अजय श्रेष्ठले दाेस्राे हाफकाे इन्जुरी समयकाे अन्तिम मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगिता अन्तर्गत भोली (आईतबार) मनाङ मस्र्याङ्दी क्लब र झापा ११ बीच प्रतिस्पर्धा हुनेछ । विभागीय टिम एपीएफलाई हराउँदै झापा क्वार्टरफाईनलमा प्रवेश गरेको थियो ।