काठमाडौं । एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेटमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टिम आज (शनिबार) स्वदेश फर्कने भएका छन् ।
थाइल्याण्डमा शुक्रबार सम्पन्न प्रतियोगितामा चौंथो भएको नेपाली टोली शनिबार दिउँसो नेपाल आईपुग्ने छन् । नेपाली टोली दिउँसो २ बजे नेपाल आईपुग्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड गएको नेपाली टोलीले खराब प्रदर्शन गरेको थियो । जसको कारण नेपाल एसिया छनोटमा समेत पुग्न असफल भएको थियो ।
यस प्रतियोगिताको शीर्ष दुई टोलीले एसिया कप छनोट खेल्ने प्रवाधान रहेको थियो ।
नेपालले ४ खेलमा ३ अंक जोडेको थियो । नेपाल थाइल्याण्डमाथि जित निकाल्दा मलेसिया र हङकङसँग पराजित भएको थियो । अन्तिम खेलमा वर्षाको कारण रद्द हुँदा नेपालले सिंगापुरसँग १-१ अंक बाडेको थियो ।
प्रतियोगिताबाट सिंगापुर च्याम्पियन र हङकङ दोस्रो हुँदै एसिया कपमा छनोट भएको थियो ।