काठमाडौं । पाटन बहुमुखी क्याम्पस आठौं राष्ट्रव्यापी त्रिवि बीएससी सीएसआईटी कप टी– २० क्रिकेट प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
न्यु समिट कलेजको आयोजनामा भइरहेको प्रतियोगितामा पाटनले सेन्ट लरेन्सलाई ३५ रनले पराजित गर्यो । पहिले ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ३६ रनको योगफल खडा गर्यो । राजु शाहले ३० तथा राजीव चौधरीले २५ रन बनाए । बलिङतर्फ सेन्ट लरेन्सका योगेश भुजेलले ४ विकेट लिए ।
सेन्ट लरेन्स २० ओभरमा ८ विकेट क्षतिमा १ सय १ रनमा समेटियो । योगेश भुजेलले २९ तथा रमेश योञ्जनले २७ रन जोडे । ‘म्यान अफ द म्याच’ पाटनका चत्र तिमल्सिनाले ४ विकेट लिए ।
अर्को खेलमा हिमालयन कलेज अफ इन्जिनिएरिङले मदन भण्डारी मेमोरियल कलेजलाई २४ रनले हरायो । दुवै टिम प्रतियोगिताबाट बाहिरिएका छन् ।