काठमाडौं । झापा-११ पोखरामा जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शुक्रबार विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।
टाइब्रेकरमा झापाका हेमन्त थापा मगर, मौषम लिम्बु, प्रमोद चौधरी, विशाल दर्जी र सन्जित राईले गोल गरे ।
एपीएफका नविन लामा, राजिब लोप्चन र राजु नगरकोटीले गोल गरे । तर, सुदिप शिख्राकारको प्रहार झापाका किपर राजकुमार लिम्बुले बचाए ।
यस अघि खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा सुनिल खड्काले गोल गर्दै झापालाई १-० को अग्रता दिलाए । तर, खेल सकिन केहि समय बाँकी रहदा आकाश बुढा मगरले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरी फर्काएका थिए ।
त्यसअघि खेलमा एपीएफ पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको ५३ औं मिनेटमा एपीएफका नबिन लामा पेनाल्टीमा गोल गर्न चुके । उनको प्रहार झापाका राजकुमार लिम्बुले उत्कृष्ट बचाउ गरे । पेनाल्टी क्षेत्रमा राजकुमारले नै विपक्षी खेलाडीलाई फउल गरेपछि एपीएफले पेनाल्टी पाएको थियो ।
अब झापाले क्वाटरफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।
यस अघि बिहिबार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै आयोजक सहारा क्लब क्वाटरफाइनलमा पुगीसकेको छ ।
सहारा क्लब पोखराको आयोजना जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार एपीएफ क्लब र झापा-११ बीच खेल हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।