एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहिबार राति भएको खेलमा डर्बी काउन्टीलाई ३-० गोल अन्तरले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा स्थानमा बनाएको हो ।
युनाइटेडको जितमा ओडिओन इघालोले दुई गोल गरे । लुक शको नाममा एक गोल रह्यो ।
खेलको ३३ औं मिनेटमा शले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा इघालोले गोल गर्दै युनाइटेडको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ७० औं मिनेटमा इघालोले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३-० को सहज जित दिलाए ।
युनाइटेडका लिजेण्ड वायन रुनी डर्बीबाट पूर्व क्लबविरुद्ध मैदान उत्रिएका थिए ।
अब युनाइटेडले क्वाटरफाइनलमा नर्विच सिटीसँग खेल्नेछ ।

