धनगढी । कैलालीको अत्तरियामा बिहिबारबाट हुने भनिएको दोश्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता स्थगित भएको छ ।
कोरोना भाईरसको त्रासका कारण सवै तयारी पुरा भएर खेल तालिका समेत जारी भएपछि आयोजना हुने दिनमै प्रतियोगिता स्थगित गरिएको हो ।
पिएफए स्पोर्टस क्लव अत्तरियाको आयोजनामा बिहिबारदेखि फागुन २८ गतेसम्म हुने राजधानी कप फुटबल प्रतियोगिताको तयारी पुरा भएपनि गोदावरी नगरपालिकाले सार्वजनिक कार्यक्रम नगर्न अपिल जारी गरेपछि प्रतियोगिता रोकिएको हो ।
गोदावरी नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै गोदावरी नगरपालिका क्षेत्रभित्र कुनै पनि सभा, सम्मेलन, महोत्सव, उत्सव आयोजना नगर्नका लागि अपिल गरेकोले केही समयका लागि प्रतियोगिता स्थगित गरिएको प्रतियोगिताका संयोजक सन्तोष भट्टले जानकारी दिए ।
मालिका खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगितामा कैलाली, बाँके र दाङका ११ टिमले सहभागीता जनाउने भनिएको थियो ।