काठमाडौं । टुसाल युथ क्लबले सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा दोस्रो जित हात पारेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार झम्सिखेल युथ क्लबलाई ५-० गोल अन्तरले पराजित गर्दै टुसालले दोस्रो जित निकालेको हो ।
टुसालको जितमा मोहित गुरुङ र एलन राईले दुई दुई गोल गरे । यस्तै भुपेन्द्र शाहीले एक गोल थपे ।
जितसँगै टुसालले २ खेलमा ६ अंक जोडेको छ । टुसाल लिगको तेस्रो स्थानमा रहेको छ ।
झम्सिखेलले ३ खेलमा १ अंक जोडेको छ । झम्सिखेल दशौँ स्थानमा रहेको छ ।
आगामी चैत २३ गतेसम्म चल्ने लिगमा लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम 'ए' डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम 'सी' डिभिजनमा घटुवा हुनेछ ।