काठमाडौं । उप मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको पहिलो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिका भिड्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार सार्वजनिक गरेको पहिलो चरणको पहिलो तालिका अनुसार उद्घाटनमा चौदण्डी र चन्द्रपुर भिड्ने छन् ।
धरान रंगशालामा हुने उद्घाटन खेल चैत ३ गते हुनेछ । दोस्रो दिन भने दुई खेल हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टिमसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रपुर नगरपालिका, विराटनगर महानगर, चौदण्डी नगरपालिका र वालिङ नगरपालिकाले खेल्ने छन् ।
लिग तीन चरणमा खेलाईने छ । पहिलो चरणको खेल धरानको धरान रंगशालामा चैत ३ देखि १३ सम्म आयोजना हुनेछ ।
यस्तै दोस्रो चरणको खेल काठमाडौंमा वैशाख ७ देखि १७ र तेस्रो चरणको खेल विराटनगरको सहिद रंगशालामा जेठ १८ देखि असार ५ सम्म हुने एन्फाले जनाएको छ।
डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा कुल ४२ खेल हुनेछ ।
लिगको विजेताले १५ लाख प्राप्त गर्नेछन् । उपविजेताले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथोले ३ लाख पुरस्कार पाउनेछन् ।
फेयर प्ले टिमले १ लाख ५ हजार र सर्वोकृष्ट खेलाडीले स्कुटर पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट फरवार्ड, डिफेन्डर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही ५० हजार प्रदान गरिनेछ ।
प्रतियोगिताको तयारीका लागि एन्फाले सहभागी टिमलाई एक एक लाख दिनेछ ।
खेल तालिका -
