एजेन्सी । मोरक्कोमा आयोजना हुने सबै फुटबल प्रतियोगिताको खेलहरु रंगशाला बन्द गरेर खेलाईने भएको छ ।
चीनबाट फैलिएको कोरोना भाइरसको कारण सबै फुटबल खेल दर्शक बिना खेलाईने भएको हो ।
मोरक्को फुटबल फेडेरसनले देश भित्रको सबै प्रतियोगिता रंगशाला बन्द गरेर खेलाउन निर्देशन दिएको छ ।
मोरक्को फुटबल फेडेरेसनको निर्देशनसँगै मोरक्कोमा हुने कन्फेडेरेसन कपको क्वाटरफाइनल खेल दर्शक बिना हुनेछ ।
कन्फेडेरेसन कपमा मोरक्कोको हसनिया अगादिरले लिबियाको अल नासरविरुद्धको पहिलो लेगमा ५-० को अग्रता लिएको छ ।
यस्तै मोरक्कोको शीर्ष डिभिजन लिग, एमेच्योर लिग, महिला लिग र क्षेत्रीय लिग समेत बन्द रंगशाला हुनेछ ।