काठमाडौं । चौथो संस्करणको खप्तड गोल्डकप फुटबलको उपाधिका लागि अहिले थ्री स्टार र आयोजक सुदुरपश्चिम-११ बीच प्रतिस्पर्धा भईरहेको छ ।
धनगढी रंगशालामा जारी फाइनलको पहिलो हाफ सकिदा थ्री स्टारविरुद्ध आयोजकले १-० को अग्रता बनाएको छ ।
खेलको २८ औं मिनेटमा बिक्रम सिंह ठकुरीले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका हुन् ।
सुदुरपश्चिम स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख १ रुपैया पाउनेछ । उपविजेताले १० लाख १ रुपैँया पाउने आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बेनेली मोटरसाईकल प्रदान गरिनेछ । यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५÷१५ हजार प्रदान गरिने छ ।