धनगढी । दोस्रो संस्करणको सुदूरपश्चिम राजधानी कप फुटबल प्रतियोगिता बिहिबारबाट सुरु हुने भएको छ ।
पीएफए स्पोर्टस क्लब अत्तरियाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २२ गतेदेखि २८ गतेसम्म हुने जनाएको छ।
कैलालीको अत्तरियास्थित मालिका खेल मैदान तेघरीमा सञ्चालन हुने प्रतियोगितामा ११ टिमको सहभागीता रहने आयोजकले जानकारी दिएको छ।
विजेताले ४ लाख तथा उपविजेताले दुई लाख नगद पाउने प्रतियोगिताका संयोजक सन्तोष भट्टले जानकारी दिए।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद सहित पुरस्कार प्रदान गरिने उनले बताए। उत्कृष्ट गोलकिपर, डिफेन्डर, स्टाइकर, सर्वा्धिक गोलकर्ता र उदयमान खेलाडीलाई १५÷१५ हजार पुरस्कार प्रदान गरिनेछ।
प्रत्येक खेलको म्यान अफ दी म्याचलाई तीन हजार पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिता आयोजनाका लागि सामाजिक विकास मन्त्रालय, गोदावरी नगरपालिका, राष्ट्रिय खेलकुद परिषद्, रिलायन्स लाईफ ईन्सोरेन्स, जनरल ईन्सोरेन्स कम्पनी, भागेश्वर ग्रुप, कैलाली जिल्ला खेलकुद विकास समिति, कैलाली जिल्ला फुटवल संघ, अखिल नेपाल फुटवल संघ, पदमा अस्पताल, ग्रिन गोदावरी रिसोर्ट, होटल नमस्ते, वेष्टर्न प्लाजाले सहयोग गरेका छन् ।