एजेन्सी । इटालियन सिरी 'ए' फुटबलमा नापोलीले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नापोलीले टोरिनोलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नापोलीको जितमा कोन्टानटिनोस मोनालोस र जियोभानी डी लोरेन्जोले एक एक गोल गरे । टोरिनोका सिमोने एडिराले एक गोल फर्काए ।
जितसँगै नापोलीले २६ खेलबाट ३९ अंक जोडेको छ । नापोली लिगको छैटौं स्थानमा रहेको छ । टोरिनो २७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

यस्तै रोमाले काग्लियारीलाई ४-३ गोल अन्तरले पराजित गरेको छ । रोमाको जितमा निकोला कालिनिचले दुई गोल गरे । यस्तै हेन्रिक मिखीटेरियन र जस्टिनले एक एक गोल गरे ।
काग्लियारीका जोआओ पेड्रोले दुई गोल गरे । गस्टोनले एक गोल गरे ।
जितसँगै पाँचौं स्थानको रोमाले ४५ अंक जोडेको छ । काग्लियारी ३२ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।