एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा एट्लेटिको पुछारको स्पानियोलसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा खेलको २४ औं मिनेटमा स्टेफान साभिकको आत्मघाती गोलबाट स्पानियोलले अग्रता बनाएको थियो । तर, खेलको ४७ औं मिनेटमा साउल निगुएजले गोल गर्दै एट्लेटिकोलाई हारबाट जोगाए ।

बराबरीसँगै एट्लेटिकोले २६ खेलबाट ४४ अंक जोडेको छ । एट्लेटिको लिगको पाँचौं स्थानमा रहेको छ ।
स्पानियोल २० अंक जोडेर पुछारमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा गेटाफेले मोलार्कोलाई १-० ले हराएको छ । एथ्लेटिक बिल्बाओले पनि भिल्ला रियललाई १-० ले हराएको छ ।
