एजेन्सी । इंग्ल्यान्डका पूर्व स्टार डेभिड बेकह्यामको क्लब इन्टर मियामीले अमेरिकी मेजर लिग सकर (एमएलएस) को डेब्यु खेलमै हार व्यहोरेको छ ।
मियामी सोमबार बिहान भएको पहिलो खेलमा लस एन्जल्स फुटबल क्लबसँग १-० गोल अन्तरले पराजित भएको हो ।
लस एन्जल्सको जितमा कार्लोस भेलाले ४४ औं मिनेटमा निर्णायक गोल गरे ।
बेकह्याम अध्यक्ष रहेको मियामीले यस सिजनबाट पहिलो पटक एमएलएस लिग खेलेको हो ।

मियामीले क्लबको पहिलो प्रशिक्षकका रुपमा मेक्सिकोका डिएगो एलोन्सोलाई नियुक्त गरेको थियो ।
लिग खेल्नु अघि मियामीले ६ मैत्रीपूर्ण खेल खेलेको थियो ।
