• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
प्रस्तावित खेलकुद ऐनमा सिलवाल असन्तुष्ट !
खेलपाटी संवाददाता
शुक्रबार, फागुन १६, २०७६ खेलपाटी संवाददाता
प्रस्तावित खेलकुद ऐनमा सिलवाल असन्तुष्ट !
undefined

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले प्रस्तावित राष्ट्रिय खेलकुद विकास ऐनमा असन्तुष्टि जनाएका छन् ।
उनले प्रस्तावित खेलकद विकास विधेयकले खेलकुदको विकास नगर्ने बताएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्को केन्द्रिय कार्यालय त्रिपुरेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै सदस्य सचिव सिलावलले खेलकुदलाई अगाडी लैजाने बिषयमा ऐननै स्पष्ट नभएको बताए ।

‘खेलकुदलाई अगाडी लैजाने दुईवटा बाटा छन् । विश्व परिवेशमा हेर्दा खेलकुद कि मन्त्रालयले चलाउनुपर्छ, वा यसलाई स्वयत्त राखेर चलाउनुपर्छ । यस बिषयमा ऐन प्रष्ट छैन ।’ सिलवालले भने, ‘हेर्दा स्वयत्तता दिएको जस्तो देखिन्छ । तर ऐन मन्त्रालय केन्द्रित देखिन्छ । यसले खेलकुदको विकास गर्दैन ।’

उनले खेलकुदको विकास गर्न काम गर्न मिल्ने खालको संरचना बनाउनुपर्नेमा जोड दिए ।

‘ऐनमा काम गर्ने मिल्ने खालको संरचना हुनपर्छ । खेलकुदको विकास गर्ने हो भने अधिकार र कर्तब्य स्पष्ट हुनपर्छ ।’ उनले भने ।

सरकारले राष्ट्रिय सभा हुँदै प्रतिनिधि सभामा पेश गरेको खेलकुद ऐनले राखेप सदस्य सचिवको अधिकार कटौती गर्दै परिषद् सञ्चालन गर्न कार्यकारी समितिको परिकल्पना गरेको छ ।

संसदीय समितिले समेत सहमती जुटाएको विधेयकमा सदस्य सचिव संयोजत्वको ५ सदस्यीय कार्यकारी समिति गठन गरेको छ । यसअघि परिषद्को कामकारबाही सदस्य सचिवको एकल निर्णयमा हुँदै आएको थियो । नयाँ ऐनले कार्यकारी समितिको परिकल्पना गरेर सदस्य सचिवको अधिकार कटौती गरेको हो ।

संसदीय समितिले सहमती जुटाएको खेलकुद ऐनका अधिकांश प्रावधानप्रति सदस्य सचिव सिलवालले गम्भिर असहमती जनाएका हुन् ।

उनले ऐन पारित भएको अवस्थामा खेलकुद गलत दिशामा अघि बढ्ने बताए ।

‘यसले खेलकुदलाई सहि दिशामा भन्दा गलत दिशामा लान्छ । ऐनले स्वयत्तता दिएको छैन । हात खुट्टा बाँधेको छ, अनि दौडन भनेको छ ।’ उनले भने ।

उनले सबै संस्थाको भूमिका फरक हुने भन्दै सोही अनुसार अधिकार र कर्तब्य स्पष्ट तोकिनु पर्ने उल्लेख गरे ।

नयाँ ऐनले सदस्य सचिवको अधिकारमात्र कटौती गरेको छैन, नियुक्ती प्रकृया समेत परिवर्तन गरेको छ ।

सदस्य सचिव नियुक्तीका लागि सरकारले मन्त्रालयको सचिवको संयोजकत्वमा दुई बिज्ञ राखेर तीन सदस्यीय सिफारिस समिति गठन गर्ने उल्लेख छ ।

यसअघि युवा तथा खेलकुद मन्त्रालयले राखेप बोर्ड सदस्यबाट एक जनालाई सदस्य सचिव नियुक्त गर्दै आएको थियो ।

सोही व्यवस्था अनुसार प्रधानमन्त्रीको सिफारिसमा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मालाई रमेश सिलवाललाई चार बर्षका लागि सदस्य सचिवमा नियुक्त गरेका थिए ।

तर उनकै कार्यकालकै दौरान खेलकुद ऐन परिवर्तनको तयारीमा छ । प्रस्तावित ऐनमा सदस्य सचिव सिलवालले गम्भिर असहमती जनाएका छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP