• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
कुम्फु
  • गृहपृष्ठ
  • कुम्फु
उमा कुङफुमा प्रतीक र जमुनालाई स्वर्ण
खेलपाटी संवाददाता
शुक्रबार, फागुन १६, २०७६ खेलपाटी संवाददाता
उमा कुङफुमा प्रतीक र जमुनालाई स्वर्ण

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शुक्रबारबाटसुरु भएको छ ।

प्रतियोगितामा विभिन्न १९ जिल्लाका २ सय १५ खेलाडीले विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

यसै प्रतियोगिताबाट नेपालमा हुने एसियाली उमा कुङफु च्याम्पियनसिप, भारतमा हुने विश्व कुङफु च्याम्पियनसिप र ग्रिसमा हुने उमा विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने छ ।

तीनै च्याम्पियनसिप सन् २०२० मा हुने छ । साथै यसै प्रतियोगिताको प्रदर्शनका आधारमा उत्कृष्ट २० खेलाडीको छनोट गरी चीनमा प्रशिक्षणका लागि पठाइने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् ।

पहिलो दिन यू–१४ पुरुष एकल प्याटर्नको बेयर ह्यान्डमा सोलुखुम्बुका प्रतीक राई पहिलो भए । उनले ८.९० अंक जोडे । ललितपुरका रिसभदेव खड्का (८.७० अंक) दोश्रो तथा रामेछापका मिङमा तामाङ र काठमाडौंका निर्भान कार्की तेश्रो भए । सोही स्पर्धाको वेपन्समा पनि प्रतीकले स्वर्ण जिते । ९.२० अंक जोडेका प्रतीकले रामेछापका मिङमा (९ अंक) लाई पछि पारे ।

त्यस्तै १४ वर्षमाथि पुरुष एकल बेयर ह्यान्डमा मोरङका अश्विन चौधरी ९ अंकसहित शीर्ष स्थानमा रहे । रामेछापका सिवान सुनुवार दोश्रो तथा सिन्धुपाल्चोकका सन्तोष सिग्देल र दोलखाका सुरेन्द्र थापा मगर तेश्रो बने । उक्त उमेरसमूहको वेपनमा मोरङकै अश्विन ९.१० अंकसाथ पहिलो तथा सिन्धुपाल्चोकका प्रदीप तामाङ ८.९५ अंकसाथ दोश्रो भए ।

यू–१४ ग्रुप प्याटर्नको पुरुषमा उदयपुरका युसान राई, दोलखाका सुकदेव तामाङ र उदयपुरका सनम राईको टोली ८.७० अंकसाथ पहिलो भए ।

यू–१४ प्याटर्नअन्तर्गत महिला एकल बेयर ह्यान्डमा सोलुखुम्बुकी रेखा राईले स्वर्ण, उदयपुरकी पार्वती मगरले रजत तथा ललितपुरकी रिश्मासिंह शाह र काभ्रेकी प्रज्ञाश्री शाक्य तेश्रो भए । त्यसै स्पर्धाको वेपनमा खोताङकी मनकला राई पहिलो, सोलुखुम्बुकी रेखा राई दोश्रो तथा काठमाडौंकी साइना महर्जन र ओखल्ढुंगाकी सिर्जना बोगटी तेश्रो स्थानमा रहे ।

यू–३० ताइची महिला ग्रुप स्पर्धामा तनहुँका जमुना गुरुङ, नुवाकोटका अनुष्का तिवारी र प्रेमकुमारी तामाङ तथा काठमाडौंकी निकिशा पौडेल सम्मिलित टोलीले स्वर्ण चुम्यो ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, आईकेएफ, बेइजिङअन्तर्गत नेपालका लागि महासचिव सन्जितकुमार राई तथा उमा कुङफुका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरसहितको तीन सदस्यीय जज मण्डल गठन गरिएको छ । उमा कुङफु संघका सचिव रमेश महर्जनको संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
ब्रिटिस ओपनमा सरिनालाई स्वर्ण
सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शनिबार
सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शनिबार
भूपेन्द्र अमेरिका जाने
भूपेन्द्र अमेरिका जाने
अमेरिकामा कमललाई तीन र अनुपलाई चार पदक
अमेरिकामा कमललाई तीन र अनुपलाई चार पदक
राष्ट्रिय कुङफुमा काठमाडौँ च्याम्पियन
राष्ट्रिय कुङफुमा काठमाडौँ च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
२०औं एसियन गेम्स : मन्त्रालयले ३१, ओलम्पिकले दर्ता गरायो ३० खेल !
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP