शुक्रबार, १८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कुम्फु
Loading ad...
Bhat Bhateni Supermarket Ad

उमा कुङफुमा प्रतीक र जमुनालाई स्वर्ण

शुक्रबार, १६ फाल्गुण २०७६खेलपाटी संवाददाता
उमा कुङफुमा प्रतीक र जमुनालाई स्वर्ण
Loading ad...
mustang rice ad

काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा पाँचौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता शुक्रबारबाटसुरु भएको छ ।

प्रतियोगितामा विभिन्न १९ जिल्लाका २ सय १५ खेलाडीले विभिन्न ४५ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

यसै प्रतियोगिताबाट नेपालमा हुने एसियाली उमा कुङफु च्याम्पियनसिप, भारतमा हुने विश्व कुङफु च्याम्पियनसिप र ग्रिसमा हुने उमा विश्व च्याम्पियनसिपका लागि खेलाडी छनोट गरिने छ ।

तीनै च्याम्पियनसिप सन् २०२० मा हुने छ । साथै यसै प्रतियोगिताको प्रदर्शनका आधारमा उत्कृष्ट २० खेलाडीको छनोट गरी चीनमा प्रशिक्षणका लागि पठाइने आयोजक संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामाले जनाएका छन् ।

पहिलो दिन यू–१४ पुरुष एकल प्याटर्नको बेयर ह्यान्डमा सोलुखुम्बुका प्रतीक राई पहिलो भए । उनले ८.९० अंक जोडे । ललितपुरका रिसभदेव खड्का (८.७० अंक) दोश्रो तथा रामेछापका मिङमा तामाङ र काठमाडौंका निर्भान कार्की तेश्रो भए । सोही स्पर्धाको वेपन्समा पनि प्रतीकले स्वर्ण जिते । ९.२० अंक जोडेका प्रतीकले रामेछापका मिङमा (९ अंक) लाई पछि पारे ।

त्यस्तै १४ वर्षमाथि पुरुष एकल बेयर ह्यान्डमा मोरङका अश्विन चौधरी ९ अंकसहित शीर्ष स्थानमा रहे । रामेछापका सिवान सुनुवार दोश्रो तथा सिन्धुपाल्चोकका सन्तोष सिग्देल र दोलखाका सुरेन्द्र थापा मगर तेश्रो बने । उक्त उमेरसमूहको वेपनमा मोरङकै अश्विन ९.१० अंकसाथ पहिलो तथा सिन्धुपाल्चोकका प्रदीप तामाङ ८.९५ अंकसाथ दोश्रो भए ।

यू–१४ ग्रुप प्याटर्नको पुरुषमा उदयपुरका युसान राई, दोलखाका सुकदेव तामाङ र उदयपुरका सनम राईको टोली ८.७० अंकसाथ पहिलो भए ।

यू–१४ प्याटर्नअन्तर्गत महिला एकल बेयर ह्यान्डमा सोलुखुम्बुकी रेखा राईले स्वर्ण, उदयपुरकी पार्वती मगरले रजत तथा ललितपुरकी रिश्मासिंह शाह र काभ्रेकी प्रज्ञाश्री शाक्य तेश्रो भए । त्यसै स्पर्धाको वेपनमा खोताङकी मनकला राई पहिलो, सोलुखुम्बुकी रेखा राई दोश्रो तथा काठमाडौंकी साइना महर्जन र ओखल्ढुंगाकी सिर्जना बोगटी तेश्रो स्थानमा रहे ।

यू–३० ताइची महिला ग्रुप स्पर्धामा तनहुँका जमुना गुरुङ, नुवाकोटका अनुष्का तिवारी र प्रेमकुमारी तामाङ तथा काठमाडौंकी निकिशा पौडेल सम्मिलित टोलीले स्वर्ण चुम्यो ।

दुईदिने प्रतियोगिता सञ्चालन गर्न उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, आईकेएफ, बेइजिङअन्तर्गत नेपालका लागि महासचिव सन्जितकुमार राई तथा उमा कुङफुका सहायक मुख्य प्रशिक्षक उद्धव थापा मगरसहितको तीन सदस्यीय जज मण्डल गठन गरिएको छ । उमा कुङफु संघका सचिव रमेश महर्जनको संयोजकत्वमा ९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुजनलाई दोहोरो स्वर्ण

सुजनलाई दोहोरो स्वर्ण

३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन

३ स्वर्ण लिएर फर्किए भूपेन्द्र र सुदेन

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

भूपेन्द्र र सुदेनलाई बेलायतमा पदक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 पुछारका दुई टोली भिड्दै

पुछारका दुई टोली भिड्दै

गुजरातको पाँचौं जित

गुजरातको पाँचौं जित

रियल फर्किन चाहँदैनन् मोरिन्हो

रियल फर्किन चाहँदैनन् मोरिन्हो

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

नेयमारको इच्छा– विश्वकपको फाइनल अर्जेन्टिना भर्सेस ब्राजिल

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

अन्तिम घरेलु च्याम्पियन्स लिग खेलमा चम्किएका ग्रिजम्यान

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !