हेरामाया श्रेष्ठ स्मृति महिला चेस हुने
बिहिबार, १५ फाल्गुण २०७६खेलपाटी संवाददाता

काठमाडौं । हेरामाया श्रेष्ठ स्मृति राष्ट्रब्यापी महिला चेस प्रतियोगिता हुने भएको छ ।
काठमाडौं जिल्ला चेस एसोसियसनले आयोजना गर्ने प्रतियोगिता फागुन २३ देखि २५ गतेसम्म हुनेछ ।
न्युरोड विशाल बजारको सासा ब्यङ्क्वेटमा हुने प्रतियोगिता खुल्ला र उमेर समूहमा हुनेछ । स्विस प्रणालीमा हुने प्रतियोगिता ७ राउण्डको हुनेछ ।
खुल्लातर्फको विजेताले २५ हजार, दोस्रोले १५ र तेस्रोले ८ हजार पाउने छन् । चौंथोले ६ र पाँचौंले ४ हजार पाउने छन् । यू-१६, यू-१४ र यू-१२ को विजेताले २ हजार पाउने छन् ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



