एजेन्सी । इटालियन सिरी 'ए' अन्तर्गत आइतबार हुने पाँच खेल दर्शकबिना बन्द रंगशालामा खेलिने भएको छ ।
कोरोना भाइरसको फैलावटको कारण लिगको पाँच खेल बन्द रंगशालामा खेलिने भएको हो ।
आइतबार हुने लिग लिडर युभेन्ट्स र इन्टर मिलनबीचको खेल पनि बन्द रंगशालामा हुनेछ ।
त्यस्तै उडिनेस र फियोरेन्टिना, एसी मिलन र जिओणा, पर्मा र स्पाल तथा सासोउलो र ब्रेसिकाबीचको खेल बन्द रंगशालामा हुनेछ ।
त्यसअघि शनिबार हुने चार खेल भने दर्शकसहितको रंगशालामा हुनेछ ।
कोरोना भाइरसको कारण युरोपा लिगको अन्तिम ३२ अन्तर्गत बिहिबार राति इन्टर मिलानले लुडोगोरेट्सविरुद्धको घरेलु खेल पनि दर्शकबिना खेल्दैछ।
यस अघि सिरी 'ए' अन्तर्गत इन्टर र साम्पडोरियाबीचको आइतबार तय खेल स्थगित गरिएको थियो ।