एजेन्सी । बार्यन म्युनिखका फरवार्ड रोबर्ट लेवान्डोस्की चार साता मैदान बाहिर रहने भएका छन् ।
खुट्टाको चोटका कारण लेवान्डोस्की चार साता मैदान बाहिर हुने बताईएको छ ।
उनले च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगको चेल्सीबिरुद्धको खेल गुमाउने छन् ।
पोल्याण्डका अन्तराष्ट्रिय फरवार्डले एक गोल गर्नुका साथै दुई गोलको अवसर सिर्जना गरेपछि बार्यनले च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगको खेलमा चेल्सीबिरुद्ध ३–० को जित निकालेको थियो ।
बार्यनले खेलका दौरान उनले बाँया घुडाँमा चोट बोकेको जनाएको छ । लेवान्डोस्कीले क्लबबाट आगामी ६ खेल गुमाउन सक्ने छन् ।
बार्यन जर्मन लिगको शीर्ष स्थानमा रहेको छ । उसले चार हप्तापछि मार्च १८ मा चेल्सीसंग दोस्रो लेगको खेल खेल्दैछ ।
लेवान्डोस्कीले यस सिजन मात्र ३३ खेलमा ३९ गोल गरेका छन् ।