सीएसी कप फुटसल हुने
मंगलबार, ०६ फाल्गुण २०७६खेलपाटी संवाददाता

काठमाडौं । छहारी शिक्षा सदनको आयोजनामा चौंथो संस्करणको सीएसी कप फुटसल प्रतियोगिता हुने भएको छ ।
जोरपाटीस्थित छहारीले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन ८ देखी १० गतेसम्म संचालन हुने जनाएको छ ।
प्रतियोगिता गोकर्णेश्वरस्थित मनकामना फुटसलमा संचालन हुनेछ । प्रतियोगितामा २२ स्कुलका छात्रतर्फ २४ र छात्रातर्फ १२ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको पहिलो, दोस्रो र तेस्रो टिमले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै छात्रा र छात्रतर्फका उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उदयमान खेलाडीलाई पनि पुरस्कृत गरिनेछ ।
फेयर प्ले टिमलाई समेत पुरस्कृत गरिनेछ ।









-1763450218248.jpg&w=3840&q=75)

-1768190196463.webp&w=3840&q=75)





