अञ्जन र सनिशले बंगलादेशी क्लब छाडे
आइतबार, २७ पौष २०८२खेलपाटी संवाददाता

काठमाडौं। फरवार्ड अञ्जन विष्ट र डिफेन्डर सनिश श्रेष्ठले बंगलादेशी क्लब ब्रदर्श युनाइटेड छाडेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३० पुसबाट राष्ट्रिय लिग गर्ने भएसँगै दुवै खेलाडी स्वदेश फर्किने भएका हुन्। नेपालमा फुटबल गतिविध ठप्प भएपछि यी दुई खेलाडी बंगलादेश लागेका थिए।
तर, फुटबलको महोल फर्किन लागेपछि पुन: नेपाल फर्किन लागेका हुन्। सनिश मच्छिन्द्र क्लबमा फर्किएका छन्। अञ्जन भने न्युरोड टिम (एनआरटी) नै फर्किने छन्।
यसअघि यी दुईले चर्च बोइज युनाइटेडबाट एक साथ खेलिसकेका छन्। अब भने यी दुई खेलाडी एकअर्काको विपक्षी भएर खेल्नेछन्।
बंगलादेश लिगमा ब्रदर्श ९ खेलबाट ९ अंक बटुल्दै सातौं स्थानमा छ। यो क्लबका लागि अञ्जन र सनिशले समान एक गोल गरेका छन्।





-1774856466345.webp&w=3840&q=75)

-1774839033537.webp&w=3840&q=75)





