ज्ञान निकेतन र इनोभेटिभ च्याम्पियन
काठमाडौं । ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् ।
ज्ञान निकेतन ब्वाइज तथा इनोभेटिभ गल्र्समा च्याम्पियन बनेका हुन् ।
ब्वाइज फाइनलमा ज्ञान निकेतनले इनोभेटिभलाई ६३–५६ ले पराजित गर्यो । ज्ञान निकेतनका सम्राट भूमिले ३४ अंक योगदान गरे । सुरुको क्वाटरमा ९–१७ ले पछि परेको ज्ञान निकेतन दोश्रोमा २१–१६ ले अगाडि रह्यो । तेश्रो र चौथो क्वाटरमा ज्ञान निकेतनले क्रमशः १५–७ र १८–१६ को अग्रता लियो ।
बुद्धनगरस्थित घरेलु कोर्टमा भएको गल्र्सको उपाधि भिडन्तमा सोभ्या महर्जनको ६ अंक सहयोगमा इनोभेटिभले स्वप्न वाटिका एकेडेमीलाई २०–१७ ले हरायो । पहिलो क्वाटर ४–४ को बराबरीमा टुंगियो भने दोश्रोमा इनोभेटिभले ९–८ को प्रदर्शन गर्यो । तेश्रो क्वाटरमा इनोभेटिभले ६ अंक जोड्दा स्वप्न वाटिका अंकविहीन रह्यो । चौथोमा स्वप्न वाटिकाले ५–१ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।

ब्वाइजमा ज्ञान निकेतनका सम्राट भूमि तथा गल्र्समा इनोभेटिभकी कृपा श्रेष्ठ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा इनोभेटिभका मनीष गुरुङ तथा गल्र्समा स्वप्न वाटिकाकी सम्झना शाही ‘मोस्ट एसिस्ट’ खेलाडी बने । ब्वाइजमा पुष्प सदनका कर्मा गुरुङ तथा गल्र्समा एसियन पब्लिककी निपिशा रिजाल उदीयमान खेलाडी चुनिए ।
विजेतालाई प्रा.डा. भागवत ढकाल, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, आयोजक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतनाथ चौलागाईं, इनोभेटिभका एकेडेमीक डाइरेक्टर हर्कबहादुर थापा, इनोभेटिभका प्रिन्सिपल विजय थापा, ज्ञान निकेतनका प्रमुख कार्यकारी अधिकृत विश्वजित कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा यु–१६ राष्ट्रिय बास्केटबल टोलीबाट नेपालको प्रतिनिधित्व गरेका इनोभेटिभका पूर्व विद्यार्थी आशिष बस्नेत, ममता गुरुङ र जसाङ सुनुवारलाई नगदसहित सम्मान गरिएको थियो । त्यसै अवसरमा इनोभेटिभकै पूर्व विद्यार्थी बास्केटबल खेलाडी अनिश महर्जन र निखिल ब्यञ्जन्कारलाई पनि नगदसहित सम्मान गरिएको थियो । पाँचैलाई जनही ५ हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
माघ २१ गतेदेखि सुरु लिग कम नकआउट प्रतियोगिताको ब्वाइजमा १० तथा गल्र्समा ८ टिम सहभागी थिए ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)

-1762302250964.webp&w=3840&q=75)


