• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
अन्तिम समयमा किन रोकियो खेल ?
नमीन ढकाल
शनिबार, माघ २५, २०७६ नमीन ढकाल
अन्तिम समयमा किन रोकियो खेल ?

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार तय भएको तेस्रो खेल प्राविधिक कारणले रोकियो ।

लिगको ७७ औं खेलमा साविकको विजेता मनाङ मस्र्याङ्दी तथा एनआरटी भिड्ने कार्यक्रम थियो ।

शसस्त्र प्रहरी बल एपीएफको हल्चोक मैदानमा दिउँसो ३ बजे खेल तय थियो ।

खेलाडी तयार थिए । दर्शक समेत पुगिसकेका थिए ।

तर आधा घण्टा अघिमात्र अखिल नेपाल फुटबल संघ (एन्फा)ले सूचना जारी गर्दै खेल स्थागित भएको जानकारी गरायो ।

मैदान तयार नभएको भन्दै एन्फाले भोली (आईतबार)का लागि खेल सारेको छ । खेल दिउँसो १ बजे एन्फा मैदानमा हुनेछ ।

मनाङ र एनआरटीका खेलाडी मैदान पुगेर जर्सी परिवर्तन गरिसकेको अवस्थामा खेल रोकिएको जानकारी दिईएको थियो । खेलाडीले जर्सी लगाएर वार्म अपको तयारी गरेका थिए ।

मैदानमा खल्डा खुल्डी देखिदा अन्तिम समयमा हलचोक मैदान खेल्न अयोग्य ठहरिएको हो ।

दुबै क्लबतर्फका अफिसियलले मैदान अयोग्य भएको र नखेल्ने बताएपछि हलचोक मैदानको खेल स्थगित भएको हो ।

तयार भएर मैदान पुगेपनि खेल्न नपाएपछि दुबै प्रशिक्षकले एन्फाको लापरबाहिका कारण खेल्न नपाएको बताए ।

उनीहरुले मैदानको विषय एन्फाले हल्का रुपमा लिएको बताए ।

“खेल खेल्न तयारी भएर मैदानमा गएका थियौं । तर मैदानमा समस्या देखिएपछि खेल सारियो ।” मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने ।

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले एपीएफको मैदानमा खेल्दा खेलाडीमा चोटको समस्या धेरै हुने बताए । उनले मैदानको बिषयमा एन्फालाई गम्भिर भईदिन आग्रह गर्छन् ।

“मैदानको अवस्था ठिक भएन, त्यसैले खेल रोक्नु पर्याे । स्तरीय खेल भन्ने तर मैदान भएन । मैदान कडा छ । खेलाडीलाई चोट लाग्ने सम्भावना धेरै हुन्छ ।” उनी भन्छन् ।

एन्फा भने शुक्रबारसम्म राम्रो अवस्थामा रहेको मैदानमा एपीएफले बिहान कार्यक्रम गर्दा मैदानमा समस्या आएको बताउँछ ।

“शुक्रबार सम्म मैदानको अवस्था ठिक थियो । एपीएफले विहान कार्यक्रम गरेको रहेछ । त्यसैले मैदानको अवस्था विग्रन पुग्यो ।” लिग निर्देशक संजिब मिश्र भन्छन् ।

शुक्रबार एपीएफले मैदानका कुनै कार्यक्रम नगर्ने एन्फालाई बताएपनि शनिबार विहान भने कार्यक्रम गरिदिँदा समास्या आएको मिश्रले प्रष्टिकरण दिए ।

खेल हुने समय अगाडीनै आयोजकको टिम खेल स्थलमा गएर अवस्था नबुझ्दा समस्या आएको हो ।

एन्फाले नवौ चरणसम्म दशरथ रंगशाला र एन्फा मैदानमा खेलाउँदै आएको थियो ।

फिफा विश्वकप छनोट खेलका लागि दशरथ रंगशालामा दुबो उमार्ने काम सुरु भएको छ ।

सोही कारण एन्फा कम्प्लेक्ससंगै हल्चोक मैदानमा खेल खेलाउने तयारी थियो ।

तर पहिलो खेलनै स्थगित भएपछि एन्फाले हल्चोक मैदानमा खेल नखेलाउने निर्णय गरेको छ ।

योसँगै लिगमा बाँकी खेल एन्फा कम्प्लेक्स सातदोबाटोमै हुनेछ ।

एन्फाले शनिबारनै तालिका परिर्वतन गर्दै बाँकी खेल एन्फा कम्प्लेक्समै हुने जानकारी गराएको छ ।

मछिन्द्र र आर्मीबीचको अन्तिम खेल भने दशरथ रंगशालामा हुनेछ ।

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP