मंगलबार, मंसिर ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Bhat Bhateni Supermarket Ad

राष्ट्रपति रनिङ सिल्ड सुरु

शुक्रबार, जेठ २५, २०७५खेलपाटी संवाददाता
राष्ट्रपति रनिङ सिल्ड सुरु
Classic Tech Internet Ad

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा दसौं केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बुधबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु भएको छ ।

प्रतियोगिताको खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रतियोगिताको ब्यानर अनावरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा मन्त्री विश्वकर्माले नयाँ आर्थिक वर्षदेखि ओलम्पियनलाई मासिक भत्ताको व्यवस्था हुने जानकारी गराउदै २०७५ सालमा खेलकुद पूर्वाधार निर्माणले अझ बढी गति लिने बताए ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले नयाँ प्रतिभाको पहिचान गर्न उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउदै कुनैपनि खेलको जग नै विद्यालय खेलकुद भएको धारणा व्यक्त गरे ।

विभिन्न ६ खेल समावेश प्रतियोगिताअन्तर्गत एथलेटिक्समा २६, भलिबल र कबड्डीमा २–२, कराते र तेक्वान्दोमा ८–८ तथा उसुमा ६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । तीनदिने प्रतियोगितामा ७ प्रदेशबाट ६ सय ३७ खेलाडी सहभागी छन् । टिममा पहिलो हुनेले २५ हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजार नगद पुरस्कार पाउने छन् । व्यक्तिगत स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार हात पार्नेछन् । जुनियर राष्ट्रिय कीर्तिमान भंग गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडको छात्रमा प्रदेश ३ का अजितकुमार यादव र छात्रामा प्रदेश ६ की राममाया बुढाले नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

अजितले निर्धारित दूरी ४ मिनेट ०२.९ सेकेन्डमा पूरा गरी आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । राममायाले ५ मिनेट ००.८ सेकेन्डमा दूरी तय गर्दै जुम्लाकी मन्जु राउतले गत संस्करणमा बनाएको कीर्तिमान भंग गरिन् ।

एक सय मिटर दौडको छात्रमा प्रदेश ४ का प्रकाश राना मगर र छात्रामा प्रदेश ३ की लुजला अमात्यले स्वर्ण जिते । प्रकाशले ११.३ सेकेन्ड तथा लुजलाले १३.३ सेकेन्डमा दौड सकाए ।

सटपुटको छात्रमा प्रदेश ६ का पदम परियार र छात्रामा प्रदेश १ की विनिता राई तथा लङजम्पको छात्रमा प्रदेश ३ का अमित राई र छात्रामा प्रदेश ३ कै रन्जिता राई पहिलो बने ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जनज्योतिको फराकिलो जित

जनज्योतिको फराकिलो जित

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

सिद्धार्थ र कुन्वरवर्तीको फराकिलो जित

ओएसिसको तीनै टोली सेमिफाइनलमा

ओएसिसको तीनै टोली सेमिफाइनलमा

Bajaj Pulsar Motorcycle Ad
चितवनको रोमाञ्चक जित

चितवनको रोमाञ्चक जित

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

एसीसी यू–१९ प्रिमियर कप खेल्ने नेपालको टिम घोषणा

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

प्रियांक शतकबाट चुके, चितवनले पायो मध्यम लक्ष्य

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

साफ फुटसल च्याम्पियनसिपमा सातै सदस्य राष्ट्रले सहभागिता जनाउने

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टरको लागि डा. सिंहको संयोजकत्वमा कार्यदल गठन

पुनर्निर्माण यात्राको  परीक्षण क्षणमा नेपाल

पुनर्निर्माण यात्राको परीक्षण क्षणमा नेपाल

चार टिमको ‘स्टेटमेन्ट म्याच’

चार टिमको ‘स्टेटमेन्ट म्याच’

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित

महिला कबड्डी विश्वकपमा नेपालको उत्कृष्ट जित