एजेन्सी । बिग बास लिग (बीबीएल) क्रिकेटको यस सिजनको 'टिम अफ दि सिजन' सार्वजनिक भएको छ ।
बीबीएलले सोमबार सिजनको उत्कृष्ट-११ सार्वजनिक गरेको हो । टिम अफ दि सिजनको कप्तानीमा ग्लेन म्याक्सवेल रहेका छन् ।
यस्तै टिममा मार्कुस स्टोनिस, जोश इन्ग्लिश, म्याथ्यु वेड, जोनाथन वेल्स, मिचेल मार्श र टम करण रहेका छन् । यस्तै राशिद खान, ड्यानिल साम,पिटर सिड्ले र हरिस राउफले स्थान बनाएका छन् ।
नेपालका सन्दीप लामिछाने भने उत्कृष्ट-११ मा आटाएनन् ।
बीबीएलले प्रतियोगिता नसकिदै टिम अफ दि सिजन घोषणा गरेको हो ।
