हिमालयन आउटडोर फेस्टिभल फागुनमा
आइतबार, १९ माघ २०७६खेलपाटी संवाददाता

काठमाडौं । हिमालयन आउटडोर फेस्टिभलको नवौं संस्करण फागुनमा आयोजना हुने भएको छ ।
आयोजक हिमालयन आउटडोर फेस्टिभलले आइतबार पत्रकार सम्मेलन गर्दै नवौं संस्करणको फागुन २ देखि ४ गतेसम्म हुने जानकारी गराएको छ ।
फर्पिङस्थित हात्तीवन हिलमा आयोजना हुने फेस्टिभलमा तीन विधा (राइड, रक र दौड) समावेश गरिएको छ ।
राइड अन्तर्गत डाउनहिल, क्रस कन्ट्री, इलिमिनेटर र नाइट अपहिल हुनेछ । यस्तै रकमा बल्डरिङ, डाइनो र नेचुरल रक क्लाइबिङ हुनेछ । दौडतर्फ ५ किमि, १० किमि, २० किमि, रात्री अप हिल र किड्स रन हुनेछ ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



