• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
त्रिकाेणात्मक सिरिज - फितलो तयारी
विश्वास थापा
शुक्रबार, माघ १७, २०७६ विश्वास थापा
त्रिकाेणात्मक सिरिज - फितलो तयारी
त्रिवि क्रिकेट मैदानमा त्रिकाेणात्मक सिरिजकाे तयारी । फाेटाे : खेलपाटी

काठमाडौं । आईसिसी विश्व क्रिकेट लिग २ भनेको विश्वकप छनोटमा सोझै पुग्ने सुनौलो ढोका हो । लिगको पहिलो खेलनै नेपालले घरेलु भूमिमा खेल्दैछ ।

नेपालले सिरिज अन्तर्गत ओमान र अमेरिकालाई काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा आतिथ्यता प्रदान गर्न लागेको छ ।

सिरिजका सुरुवाती खेल घरेलु मैदानमा खेल्दै शीर्ष स्थानमा उक्लिने अवसर नेपाललाई छ । सिरिजको सूरुको ८ अंक प्राप्तीका लागि नेपाली टिम अभ्यासरत छ ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बन पछिको पहिलो आईसीसीको प्रतियोगिता भब्य र सभ्य बनाउन चाहन्छ । त्यसका लागि क्यानका पदाधिकारी हरेक दिन त्रिवि मैदानमा स्तरोन्नती गर्न लागि परेका छन् ।

सिरिज एकदिवसीय अन्तराष्ट्रिय अन्तर्गतको हुने भएकाले आईसीसीको मापदण्डको अनुसार मैदान हुन जरुरी छ । सोही मापदण्डको मैदान बनाउने काममा ब्यस्त छन्, हाल क्यानका पदाधिकारी ।

करिब चार बर्षको निलम्बनलाई सशर्त फुकुवा गरेको आईसीसीलाई क्यानले आफुप्रति विश्वास बढाउन निकै कसरत गरेको देखिन्छ ।
सिरिजको लागि तीन वटा पिच निर्माण गरिएको छ ।

पिचको निरिक्षणको लागि क्यानले श्रीलंकाका पुर्व खेलाडी तथा पिच विशेषज्ञ बन्दुला वार्नापुरालाई जिम्मेवारी दिएको छ ।

हाल त्रिवि मैदानमा एकदिवसीय स्तरको खेलका लागि पिच निर्माणको कार्य सकिएको छ । अब पिच रोलिङ र पानि हाल्ने काम मात्र बाँकी छ ।

मैदानमा आउट फिल्ड, पानीको व्यवस्था, भीआईपी व्यवस्थापन, सुरक्षा, नेट अभ्यास, व्यवस्थित चमेनागृह, बाथरुम लगायतका काम अन्तिम चरणमा पुगेको छ । क्यानले अभ्यास गर्नका लागि मुलपानीमा समेत पिच निर्माण गरेको छ ।

सिरिजसंगै नेपालको त्रिवि क्रिकेट मैदानले एकदिवसीय मान्यता पाउनेछ । सोही ऐतिहासिक दिनको प्रतिक्षामा खेलाडी समेत छन् ।

खेलाडीहरु घरेलु मैदानमा आफ्ना समर्थक समक्ष एकदिवसीय क्रिकेट खेल्न आतुर देखिएका छन् ।

तर नेपालको तयारीमा भने केही प्रश्न छन् ।

के यही तयारीले पुग्छ त ?

राष्ट्रिय टिमले राम्रो तयारी बिनै सिरिजमा लक्ष्य पुरा गर्न सक्छ त ?

ओमान र अमेरिका दुवै बलिया टिम हुन् ।

कुनै बेला नेपालले दुवै टिमलाई सहजै पराजित गर्दथ्यो । तर अब समय बदलिएको छ ।

ओमानलाई नेपालले पराजित गर्न नसकेको ७ वर्ष भएको छ । अमेरिका विश्व क्रिकेटमा दिनप्रति दिन फड्को मार्दै आएको छ ।

सिरिज अघि नेपालले चार हप्ता अभ्यास गर्ने कार्य तालिका बन्यो । सिरिज आउन एक हप्ता बाँकी छ । अभ्यास खेलको रुपमा नेपालले क्यान–११ को नामबाट मलेसियाको टिमसंग पोखरामा ५० ओभरको ३ खेल खेल्यो । तीनै वटा खेलमा नेपालले सहज जित निकाल्यो ।

सुनसरीको इनरुवामा सम्पन्न एमएम कप क्रिकेट खेल्न आएको मलेसियासंग क्यानले अभ्यास खेल्ने बाताबरण मिलाएको हो । तर नेपालको लागि मलेसिया टिम निकै तल्लो स्तरको टोली हो ।

त्रिकोणात्मक सिरिजमा नेपालले सोचे अनुरुप नतिजा निकाल्ने हो भने आफु भन्दा माथिल्लो स्तरको टिमसंग प्रतिस्पर्धात्मक खेल खेल्न जरुरी छ ।

आईसीसीलाई खुसी बनाउन मैदानमा मात्र नभएर खेलको नतिजा समेत राम्रो ल्याउन जरुरी छ ।

तर क्यानको ध्यान मैदानमा मात्र देखिन्छ ।

’क्यानले मैदान बनाउन लागि परेको छ । हामी खेलाडी आफै तयार हुँदैछौं ।’ राष्ट्रिय टिमका उप कप्तान दिपेन्द्र सिंह ऐरी भन्छन्, ’क्यानले आफ्नो ठाउँबाट गरेको छ । हामी आफै मेहनत गर्दै छौं ।’

’बलियो टिमसंग सिरिज खेलेको भए केही फरक त हुने थियो । तर घरेलु विकेटको अवस्था थाहा हुने कारण त्यसको फाइदा उठाउने कोशिस गर्नेछौं ।’ दिपेन्द्रले थपे ।

नेपालको मैदान र मौषमसंग मिल्दो जुल्दो हुने भारतको मुम्बईमा अमेरिकाले अभ्यास गर्दैछ । उसले त्यहाँ मुम्बई क्रिकेट संघसंग ३ वटा ५० ओभरको खेल खेल्ने छ । अनि नेपाल आउने छ ।

नेपालले सिरिज अघि प्रतिस्पर्धात्मक खेल खेल्न नपाएको क्यान अध्यक्ष चतुर बहादुर चन्द स्वीकार गर्छन् । ’सिरिज अघि बाहिर (अन्तराष्ट्रिय) गएर राम्रो टिमसंग खेलेर आउनु पर्ने थियो तर सकिएन ।’ अध्यक्ष चन्दले भने, ’नेपालमा टिम बोलाएर खेल्न मैदान नै उपलब्ध भएन । त्यसैले चाहेर पनि केहि गर्न सकेनौं ।’

’साग सकिएपछि खेलाडी पीपीएल र एमएम कपमा ब्यस्त भए । आईसीसीसंग स्वीकृति लिएको प्रतियोगिता बिथोल्न पनि मिलेन । खेलाडी त अझ समयमै क्याम्पमा आउन सकेका थिएनन् ।’ उनले थपे, ’एमएम कपबाट खेलाडी क्याम्पको लागि बोलाउँदा क्लब रिसाए । यस्तोमा अब घरेलु मैदान र दर्शकको फाइदा लिंदै सिरिजमा राम्रो गर्ने लक्ष्य लिएका छौं ।’

प्रतिस्पर्धात्मक नभए पनि अभ्यासका लागि मलेसियासंग खेल्ने वातावरण मिलाएको उनले बताए ।

घरेलु मैदानमा खेल्नु कुनै पनि खेलाडीको लागि उत्साहको कुरा हो । त्यसमा ऐतिहासिक एकदिवसीय खेल पहिलो पटक घरेलु मैदानमा हुदैछ ।

घरेलु मैदानमा एकदिवसीय सिरीज जित्दै ईतिहास रच्ने समयमा खेलाडीले प्रतिस्पर्धात्मक अभ्यास खेल खेल्न नपाएको गुनासो गरेका छन् ।

तथ्यांक हेर्दा दुवै टिम (अमेरिका र ओमान) माथि हाबी देखिएको नेपालको लागि वर्तमान अवस्था भने अनुकुल छैन । दुवै टिममा अप्रवासी खेलाडीको बाहुल्यता छ ।

नेपाली खेलाडीले ५० ओभरको खेल नियमित खेल्न पाएका छैनन् । घरेलु मैदान र दर्शकको साथ भएपनि एकदिवसीय खेलको अभाव सिरिजमा देखिन सक्नेछ ।

 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP