एजेन्सी । वेष्ट इण्डिजका पूर्व कप्तान ड्वाने ब्राभोले राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।
आयरल्याण्डसँगको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटका लागि वेष्ट इण्डिजले घोषणा गरेको टिममा ब्राभो अटाएका छन् ।
सन् २०१६ पछि ब्राभो पहिलो पटक टिममा परेका हुन् । ३६ वर्षे ब्राभोले पछिल्लो पटक सन् २०१६ को सेप्टेम्बरमा पाकिस्तानसँगको टी-ट्वान्टी सिरिज खेलेका थिए ।
वेष्ट इण्डिजले आयरल्याण्डसँग बुधबार तीन खेलको टी-ट्वान्टी सिरिज खेल्दैछ ।
