किव्क्स कप विजेतालाई सर्लाहीमा सम्मान
बुधबार, पुष १६, २०७६खेलपाटी संवाददाता

काठमाडौं । क्वीक्स कप अन्तर विद्यालय राष्ट्रि फुटबल प्रतियोगिताको च्याम्पियन टोली नारायण जनता माविको खेलाडी तथा अफिसियललाई सम्मान गरिएको छ ।
नेपाल भ्रमण बर्ष २०२० को अवसर पारेर जिल्ला समन्वय समिति सर्लाहीले विद्यालय स्तरको राष्ट्रिय प्रतियोगितामा च्याम्पियन बन्न सफल जिल्लाको विद्यालय टोलीका सदस्यलाई सम्मान गरेको हो ।
विद्यालय स्तरको राष्ट्रिय फुटबल प्रतियोगिता क्वीक्स कपको यस बर्षको उपाधि सर्लाहीको नारायण जनता माविले जितेको थियो ।
रोजित केसी प्रशिक्षकणमा रहेको टोलीले पोखराको शैनिक आवसीय विद्यालयलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।
प्रदेश नम्बर दुईको होटल ब्यवसायी संघका कोषाध्यक्ष बैकुण्ठ सापकोटाले खेलाडी तथा प्रशिक्षकलाई एक कार्यक्रमका बीच ताम्रपत्र सहित सम्मान गरेका थिए ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

