विकेश र अनु सम्मानित
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका गोलरक्षक तथा १३औं दक्षिण एसयाली खेलकुद (साग) को स्वर्णधारी विकेश कुथु, करातेकी अनु अधिकारी र विप्लवलाल श्रेष्ठ सम्मानित भएका छन् ।
काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो सातौ खेलकुद दिवसको अवसर पारेका सागमा स्वर्ण जित्न सफल तीन खेलाडीहरुलाई सम्मानित गरेको हो ।
यस्तै करोतका प्रशिक्षक दीपक श्रेष्ठ, कुशल श्रेष्ठ र तारा गुरुङलाई पनि सम्मान गरिएको छ ।
विकेशलाई दोसल्ला र सम्मानपत्र र मायाको चिनोले तथा अन्य खेलाडी तथा प्रशिक्षकलाई दोसल्ला र मायाको चिनोले सम्मानित गरेको हो ।
विकेशको सम्मानपत्रमा १२औं र १३औं सागमा स्वर्णपदक विजेता, बंगबन्धु गोल्डकप र एएफसी सोलिडारिटी कप च्याम्पियन बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको र नेपाली फुटबललाई नयाँ उचाईमा पुर्राउँन योगदान गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि थप सफलताको कामना गरेको छ ।
उनीहरुलाई किन्ड गार्डेनका प्रिन्सिपल कुमुद भट्ट, निर्देशक इन्दिरा चौलागाई र अध्यक्ष चण्डिका प्रसाद भट्टले सम्मानित गरे ।
सातौ खेलकुद दिवसमा विभिन्न ३० इभेन्ट्समा १ सय ७५ विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।










-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

