सागका पदक विजेता कराते खेलाडी सम्मानित
शनिबार, १२ पौष २०७६खेलपाटी संवाददाता
काठमाडौं । शंखडोल शाखा डोजो र भगवतीव युवा क्लबले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक जित्न सफल सबै खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरिएको थियो ।
संघीय सांसद कृष्ण राई, शंखडोल शाखा डोजोका प्रमुख शिवराम कारन्जितले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । शंखडोल डोजोमा सागमा सहभागी नेपाली खेलाडीहरुले केहि समय प्रशिक्षण गरेका थिए ।
सोही डोजोमा भुटान, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि अभ्यास गरेको प्रमुख कारन्जितले जानकारी दिए ।







-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)




-1765288879802.jpeg&w=3840&q=75)

-1765245125273.webp&w=3840&q=75)
