रजत विजेता महिला ह्यान्डबल टिम सम्मानित

काठमाडौं । नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्न सफल नेपाली महिला ह्यान्डबल टोली सम्मानित भएका छन् ।
परेली क्याटरिङ प्रालिले बिहीबार नेपाली टोलीलाई सम्मान गरेको हो । श्री सैनिक तालिम तथा डक्ट्रिन महा निर्देशकका उप रथी शशिचन्द्रबहादुर सिंह तथा नेपाल ह्यान्डबल संघका सल्लाहकार संयोजक समेत रहेका परेलीका प्रबन्ध निर्देशक विश्व बम मल्लले १६ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापकलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।
सम्मानित हुने खेलाडीमा बन्दना राई, उमा राई, कविता राई, संगिता चौधरी, आइत ल्हमु शेर्पा, अर्चना न्यौपाने, बविता श्रेष्ठ, देवकुमारी बाँस्तोला, दुर्गा बोहरा, झिनमाया थापा, कल्पना ओली, निशा राई, रामकुमारी चौधरी, रञ्जना राई, शान्तिकला राई र सारदा विक छन् ।
प्रशिक्षकमा कृष्ण शाक्य र विन्दा थापा तथा व्यवस्थापकमा शान्ति थापा सम्मानित भए । सोही अवसरमा ह्यान्डबल मुख्य प्रशिक्षक हिमाल दाहाललाई पनि सम्मान गरियो ।
पोखरामा भएको ह्यान्डबलको फाइनलमा नेपाल भारतसंग पराजित भएको थियो ।