स्पोर्टस अवार्डलाई दिनेश सोपको प्रायोजन

धनगढी । धनगढीमा हुने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको बर्ष प्रशिक्षक विधालाई दिनेश सोपले प्रायोजन गरेको छ ।
नेपाल खेलकद पत्रकार मञ्च कैलालीले पुस १५ गते आयोजना गर्ने प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्डको वर्ष प्रशिक्षक विधालाई दिनेश ग्रुपको कैलालीको पहलमानपुरमा सञ्चालनमा ल्याएको दिनेश सप एण्ड हाउसहोल्ड इण्ड्रष्ट्रिज प्रालिले प्रायोजन गरेको हो ।
अवार्ड अन्तर्गतको यो विधाको नाम दिनेश सोप वर्ष प्रशिक्षक रहने भएको छ । दिनेश सोपका प्रवन्ध निर्देशक देवेन्द्र हमाल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका सल्लाहकार दिपक उपाध्यायबीच प्रायोजन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
पुस १५ गते हुने अवार्ड विभिन्न ६ विधामा दिईनेछ । बर्ष पुरुष खेलाडी, बर्ष महिला खेलाडी, बर्ष युवा खेलाडी, बर्ष प्रशिक्षक, स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने छ । चार वटा विधामा तीन÷तीन जनाको मनोनयन सार्वजनिक गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्डको घोषणा कार्यक्रम आयोजना हुने दिनमा नै गरिनेछ ।
चार वटा विधाका विजेतालाई नगद २५ हजार सहित ट्रफी र मेडल प्रदान गरिनेछ भने स्पेशल अवार्ड र लाईफ टाईम एचिभमेन्ट अवार्ड पाउनेलाई नगद १० हजार सहित ट्रफी र मेडल प्रदान गरिने छ ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

