काठमाडौ । रुसले सबै खेल प्रतियोगितामा चार बर्षको प्रतिबन्ध लगाउने निर्णयविरुद्व अपिल गर्ने भएको छ ।
डेपिङ परिक्षणमा असफल भएपछि विश्व एन्टी डोपिङ एजेन्सी (वाडा)ले रुसलाई मुख्य खेल प्रतियोगितामा चार बर्षको प्रतिबन्ध लगाएको थियो ।
रुसले आफुलाई कारबाही गर्ने निर्णयमा सहमत हुन नसक्ने बताएको छ ।
प्रतिबन्धको निर्णयसंगे रुसले २०२० को टोकियो ओलम्पिक, पारालम्पिक र सन् २०२२ मा विश्वकप फुटबल खेल्न पाउनेछैन । ठुला प्रतियोगितामा रुसको झण्डा र राष्ट्रिय गान बज्ने छैन ।
रुसका अनुसार केही दिनमा राष्ट्रपतिबाट वाडालाई एक पत्र पठाउने उल्लेख छ ।
रुसले आफ्नो राष्ट्रमाथि लागेको प्रतिबन्धबारे खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेशन फर स्पोर्ट्स (कास) मा अपिल गर्ने भएको हो ।
रुसाडाका पर्यवेक्षक बोर्डका प्रमुख अलेक्जेन्डर इवले भनेका छन्, ‘त्यसपछि बल वाडाको कोर्टमा हुनेछ र अवस्था कानुनी क्षेत्र अनुसार विकास हुनेछ ।’
वाडाको कार्यकारी समितिले सर्वसहमतीका रुसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । स्विटजरल्याण्डमा बसेको बैठकले सो निर्णय गरेको थियो ।
निर्णय लगत्तै रुसी राष्ट्रपतिले निर्णयविरुद्व अपिल गर्ने बताएका थिए ।
डोपिङबाट मुक्त रहेका खेलाडीले स्वतन्त्र झण्डा मुनी अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउन पाउनेछन् ।
सन् २०१८ मा भएको शीतकालिन ओलम्पिकमा कुल १ सय ६८ रुसी एथ्लिटले स्वतन्त्र रुपमा प्रतिस्पर्धा गरेका थिए ।
सन् २०१५ मा रुसलाई एथ्लेटिक्समा एक स्वतन्त्र राष्ट्रको रुपमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाईएको थियो ।