स्केट टिम जर्मनीतर्फ
बिहिबार, पुष ३, २०७६खेलपाटी संवाददाता

काठमाडौं । स्केटिङको एक महिने प्रशिक्षणमा सहभागिता जनाउन ९ सदस्सीय नेपाली टिम जर्मनी प्रस्थान गरेका छन् ।
अन्तर्राष्ट्रिय स्केटिङ महासंघ (वर्ल्ड स्केट) को आयोजनामा जर्मनीमा हुने प्रशिक्षणका लागि नेपाली टिम बिहिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
जर्मनी जाने टिममा गजेन्द्र बर्देवा, धिरज परियार, सन्दीप शाह, मिलन शाह, सुजन थापा, युवराज राना र जितेन्द्र राई रहेका छन् । टिमको व्यवस्थापकमा जागृत पहाडी रहेका छन् ।
नेपाली टिमलाई नेपाल स्केटिङ तथा स्केटबोर्डरिङ संघका अध्यक्ष अच्युत खनालले विदाई गरे ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

