सागमा पदक विजेता ईलामका खेलाडी सम्मानित
मंगलबार, ०१ पौष २०७६खेलपाटी संवाददाता

काठमाडौं । नेपालमा गत साता सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता ईलामका खेलाडी सम्मानित भएका छन् ।
ईलाम विकास समाजले मंगलबार सागका पदकधारी खेलाडीलाई सम्मान गरेको हो । समाजले आयोजना गरेको एक कार्यक्रममा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले खेलाडीहरुलाई सम्मान गरेका थिए ।
सम्मानित हुनेमा स्वर्ण विजेता फुटबलका छिरिङ गुरुङ र उसुकी जेनी राई, रजत विजेता फुटबलकी एन्जिला सुब्बा र कास्य विजेता बिच भलिबल टिमकी बिनिता बुडाथोकी र बास्केटबलका विजय बुर्जा रहेका छन् ।
१३ औं सागमा नेपालले ५१ स्वर्ण पदक जितेको थियो ।









%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)



