साइक्लिङका स्वर्णधारी बुद्धि सम्मानित
शनिबार, मंसिर २८, २०७६खेलपाटी संवाददाता
काठमाडौं । गोंगबुस्थित युरो किड्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइक्लिङका स्वर्ण विजेता बुद्धिबहादुर तामाङलाई शनिबार सम्मान गरेको छ ।
युरो किड्सले आफ्नो वार्षिक खेलकुद दिवसका अवसरमा बुद्धिलाई नगदसहित सम्मान गरेको हो ।
बुद्धिले पुरुष क्रस कन्ट्रीको २० किलोमिटर दूरीमा स्वर्ण जितेका थिए । बुद्धिसहित नेपालले विभिन्न स्पर्धामा ४ स्वर्ण जितेको थियो । सागको साइक्लिङमा नेपालले पहिलो पटक स्वर्ण जितेको हो । बुद्धिले १२ औं सागमा पनि सहभागिता जनाएका थिए । त्यस बेला रोड रेसमा सहभागिता जनाएका बुद्धि समग्रमा चौथो भएका थिए ।
युरो किड्सका अध्यक्ष प्रमोद पाण्डे, निर्देशक राजन कार्कीलगायतले बुद्धिलाई प्रशंसा पत्र र नगद १० हजार रुपैयाँ प्रदान गरी सम्मान गरे ।










-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
