सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्डरडग भुटानसँग सचेत नेपाल

सोमबार, २३ मंसिर २०७६खेलपाटी संवाददाता
अन्डरडग भुटानसँग सचेत नेपाल
Loading ad...
mustang rice ad

काठमाडौं । सन् १९९३ मा नेपाललाई दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलतर्फ स्वर्ण पदक दिलाउने हर्ताकर्ता थिए, बाल गोपाल महर्जन ।

त्यसयता नेपालले एक पटक मात्रै सागमा स्वर्ण पदक जितेको छ ।

खेलाडीको रुपमा देशलाई स्वर्ण जिताएका उनै बाल गोपाल अब प्रशिक्षकको भूमिकामा देशलाई स्वर्ण दिलाउने संघारमा पुगेका छन् ।

तर, प्रशिक्षक महर्जनले खेलाडी र प्रशिक्षकको रुपमा स्वर्ण जितेमा त्यो संयोग मात्र हुने बताईसकेका छन् ।

नेपालले १३ औं सागको फाइनल खेलमा आज (मंगलबार) भुटानको सामना गर्दैछ ।

भुकम्पपछि बनेको दशरथ रंगशालामा नेपालले १३ औं सागको समापनमा फुटबलको फाईनल खेल खेलाउने तयारी गरेको हो ।
खेल दिउसो ३ बजे हुनेछ ।

पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल प्रतिस्पर्धात्मक हुने अनुमान लगाउन सकिन्छ ।

भुटान पछिल्लो समय दक्षिण एसियाली फुटबलमा उदाउँदो शक्तिको रुपमा अगाडी बढेको छ । उसले घरेलु फुटबलमा ठुलो लगानी गरेको छ । ग्रासरुट फुटबलमा गरेको लगानीले अहिले सिनियर स्तरमा ठुलै प्रतिफल दिईरहेको छ ।

यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक आयोजक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्ने पहिलो टोली बन्यो ।

पहिलो खेलमा भुटानलाई नेपालले ४–० गोल अन्तरले हराएको थियो ।

सागको फुटबललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बार्षिक क्यालेन्डरमा समावेश नगरेपछि भारतले पुरुष फुटबल खेलेन । नेपाल प्रतियोगितामा अपराजित छ ।

पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोल अन्तरले हराएको थियो । दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ गोल अन्तरले हराएको थियो । अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले हराएको थियो ।

बगलादेशलाई हराउँदै नेपाल लगातार दोस्रो पटक सागको पुरुष फुटबलमा फाईनल प्रवेश गर्यो ।

सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

भुटान फुटबलको इतिहासमै पहिलो पटक सागको फाइनल पुगेको हो ।
भुटानले उद्घाटन खेलमा बंगलादेशविरुद्ध १–० को अप्रत्यासित जित निकालेको थियो ।

दोस्रोमा नेपालसँग पराजित भएपनि तेस्रोमा माल्दिभ्सलाई २–१ गोल अन्तर र अन्तिममा श्रीलंकालाई ३–१ गोल अन्तरले हराएको थियो ।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहिन छन् ।

पहिलो पटक फाईनल प्रवेश गरेको भुटान उपाधि भिडन्तमा नतिजा नेपाललाई सुम्पिन चाहदैन । भुटानविरुद्ध सिनियर स्तरका प्रतियोगितामा नेपालनै हाबी हुदै आएको छ ।

तर, पछिल्लो समय अन्डरडगको परिचय बनाएको भुटानले उमेर समूहमा निकै राम्रो नतिजा निकाल्दै आएको छ ।

उसले यू–१६ र यु-१९ नेपाली टिमलाई पराजित गरिसकेको छ । दक्षिण एसियाली फुटबलमा राम्रो प्रभाव जमाईरहेको भुटानलाई कम आँक्नु नेपालको ठुलो भुल हुन सक्छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य